काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–१० स्थित मनमैजु क्षेत्रमा बच्चाको कानको मुन्द्रा लुटेको आरोपमा पक्राउ परेका दुई जना किशोर अदालतबाट भागेका छन् ।
सोमबार प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले तारकेश्वर–१० बस्ने १९ वर्षीय सनिष श्रेष्ठ र कास्की घर भएर मनमैजु बस्ने १९ वर्षीय रविन भण्डारीलाई पक्राउ गरेको थियो ।
बुधवार म्याद थप गर्न काठमाडौँ जिल्ला अदालतमा म्याद थपको लागी उपस्थित गराइएका उनीहरू अदालत परिसरबाट भागेका हुन् । उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
आरोपीहरूलाई प्रहरीले चोरी मुद्दामा म्याद थपको अदालतमा उपस्थित गराएको हो । म्याद थप नहुँदै भागेका उनीहरूको खोजी तीव्र पारिएको छ । दुवै जना आरोपी हतकडीसहित फरार भएका हुन् ।
