भिरबाट खसेको ढुङ्गा लागेर ११ वर्षीया बालिका पुष्पा थापा गम्भीर घाइते भएकी छन्।
विद्यालयबाट घर फर्किँदै गर्दा ढुङ्गा लाग्दा उनको दायाँ खुट्टा भाँचिएर अलग भएको र बायाँ खुट्टामा पनि गम्भीर चोट लागेको छ।
घाइते बालिकालाई जिल्ला अस्पताल दार्चुलामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ।
