• Thursday 26th of November 2026

ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घिसारेर घा’इते बनाउने चालक पक्राउ, कार नियन्त्रणमा


  • धनकुटा खबर
  • .

बिहीवार साँझ करिब करिब ७ बजेको समयमा मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट चेकिङ ड्युटीमा खटिएको प्रहरी टोलीमाथि सवारी चालकले ठक्कर ग’री फरार भएको घटनामा संलग्न चालक र कार नियन्त्रणमा लिइएको छ।

नवलपुरतर्फबाट हेटौडा बजारतर्फ आउँदै गरेको नम्बर नखुलेको कारलाई रोकी चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीले ब्रेथलाईजर मेसिनमार्फत मापसे जाँच गर्न खोज्दा चालकले एक्कासी कारको सिसा बन्द गरी भाग्ने प्रयास गरेका थिए। सो क्रममा कारले ड्युटीमा रहेका एक प्रहरी जवानलाई करिब १० मिटर घि’सारेर घाइ’ते बनाउँदै फरार भएको थियो।

घट’नापछि खोजतलास गर्ने क्रममा मिति २०८२।०९।१८ गते चितवनको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको कारसहित चालक मकवानपुर हेटौडा उपमहानगरपालिका–५, गर्दैई बस्ने ४६ वर्षीय बासुदेव आचार्यलाई कारभित्र रहेको ब्रेथलाईजर मेसिनसहित नियन्त्रणमा लिईएको हेटौंडा प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖