• Thursday 8th of October 2026

सेकुवा सेन्टर मालिकले गरे किशोरीमाथि बलात्कार


  • धनकुटा खबर
  • .

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मा एक नावालिक किशीरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ। पुस १५ गते रातिको समयमा किशोरीमाथि बलात्कार गरिएको हो।

प्रहरीले गोदावरी- ८ स्याउलेमा रहेको काका सेकुवा सेन्टरका सञ्चालक टेकबहादुर साउँदले सीही सेकुवा सेन्टरमा काम गर्ने किशोरीमाथि बलत्कार गरेको बताएको छ। ती किशोरी उक्त सेकुवा सेन्टरमा काम गर्दै आएको र साउँदले पुस १५ गते राति उनीमाथि बलात्कार गरेको बताएको छ।

मालाखेती इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले घटना घटेको भोलिपल्ट नै पीडितको उजुरीको आधारमा पीडक उपर मुद्दा दर्ता भएको बताएका छन्। प्रहरी निरीक्षक पन्तले बलात्कारका आरोपी साउँदलाई शनिवार नियन्त्रणमा लिएको बताएका छन्।

उनले भने, पुस १५ गते राति घटना घटेको भन्दै पीडितका तर्फबाट प्रहरीमा आएर उजुरी आएको हो। उक्त उजुरीको आधारमा मुद्दा दर्ता भएको छ भने सेकुवा सेन्टरका सञ्चालक साउँदलाई प्रहरीले शनिवार पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖