• Thursday 8th of October 2026

यात्रुवाहक सुमो दुर्घटना,घाइते ९ मध्ये ७ जनाको अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

मकवानपुर – मकवानपुरको भीमफेदीमा यात्रुवाहक सुमो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । भीमफेदी गाउँपालिका–६ स्थित जुरीखेतमा आइतबार साँझ यात्रुवाहक सुमो दुर्घटना हुँदा घाइते भएका ९ जना मध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको ना १ज १७७८ नम्बरको सुमो भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता पुष्कर बोगटीका अनुसार घाइते हुनेहरूमा ६ जना पुरुष, १ महिला, १ बालिका र १ बालक रहेका छन् । घाइतेमध्ये बालक र बालिकाको अवस्था मध्यम रहेको उनले बताए ।

सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको सुमोबाट घाइतेहरूलाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको छ । दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब ३ किलोमिटर उत्तर–पूर्वमा पर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖