भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा सुमो गाडी दु’र्घटना हुँदा कम्तिमा ५ जनाको मृत्यु भएको छ ।
आज साँझ करिब ५ः२० बजे काठमाडौँबाट हेटौँडा तर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दु’र्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
