• Thursday 8th of October 2026

काठमाडौको गैरीगाउँमा भीषण आगलागी


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौको गैरीगाउँमा भीषण आगलागी भएकाे छ । मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा भीषण आगलागी भएको हाे ।

काठमाडौँ महानगरपालिकाका नगर प्रहरीका अनुसार आगलागी भएको मुस्लो देखिएपछि अहिले महानगरको दमकल पठाइएको छ ।

महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘के भएको यकिन जानकारी छैन, एउटा कारखानामा आगलागी भएको जानकारी आएको छ । दमकल पठाइसकिएकाे छ ।’

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अहिले उक्त ठाउँमा दमकल पुगिसकेको छ ।

त्रिभुवन विमानस्थलको कार्यालयले भने विमानस्थलमा अहिले समस्या नरहेको जनाएको छ । यद्यपि केही जहाजहरू भने ट्राफिकको कारण होल्ड भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖