• Thursday 8th of October 2026

बस दुर्घटना, १२ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । हिमाचल प्रदेशको सिरमौर जिल्लामा बस दुर्घटना हुँदा कम्तिमा १२ जनाको मृत्यु भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार कुपवीबाट शिमला जाँदै गरेको एक निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै सडकबाट खसेको थियो।

सिरमौरका एसडीएम सुनील कुमार कैथले भने , “यस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ। बसमा ४५ जना सवार थिए। घाइते सबैलाई विभिन्न अस्पतालमा पठाइएको छ।”

उनले भने, “दुर्घटना के कारणले भयो भनेर अहिले नै भन्न सकिँदैन। यसको विस्तृत अनुसन्धान गरिनेछ।”

भारतको प्रधानमन्त्री कार्यालयले सिरमौर बस दुर्घटनाप्रति समवेदना व्यक्त गर्दै मृतकका परिवार र घाइतेहरूलाई आर्थिक सहयोगको घोषणा गरेको छ।

प्रधानमन्त्री कार्यालयले ट्विटरमा पोस्ट गरेको छ , “आफ्ना प्रियजन गुमाउनेहरूप्रति समवेदना। प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई २ लाख रुपैयाँको अनुग्रह रकम दिइनेछ। घाइतेहरूलाई ५०,००० रुपैयाँ दिइनेछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖