• Thursday 8th of October 2026

नेपाल एसबीआई बैंकबाट लुटिएको ३ बोरा पैसा जंगलमा फेला


  • धनकुटा खबर
  • .

सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका स्थित एसबीआई बैंक लुटपाट प्रकरणमा ३ बोरा पैसा फेला परेको छ।

गएराति भएको लुटपाट पछि जंगलमा लुकाइएको रकम स्थानीय र प्रहरीको सहयोगमा बरामद गरिएको हो। घटनामा प्रयोग भएको बोलेरो गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक विवरणअनुसार लुटेराले बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटेका थिए। घाइते सुरक्षा गार्डको उपचार भइरहेको छ र लुटेराको खोजी कार्य जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖