• Thursday 8th of October 2026

अमेरिका पठाइदिन्छु भनेर पैसा झ्वाम पार्ने ‘काभ्रेली’ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । आकर्षक वैदेशिक रोजगारीको प्र#लोभन देखाई ठ#गी गरेको आरोपमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक व्यक्तिलाई प#क्रा#उ गरेको छ। प#क्रा#उ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला, चौरीदेउराली गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल गोकर्णेश्वर बस्ने ४९ वर्षीय रेशम लाल लामा तामाङ रहेका छन्।

तामाङले एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यहाँ पुगेपछि राम्रो तलब हुने प्रलोभनमा पारेका थिए। सोही बहानामा उनले पीडितबाट पटक-पटक गरी जम्मा ९,००,०००।- (नौ लाख रुपैयाँ) रकम असुल गरेका थिए।

रकम लिएपछि पनि लामो समयसम्म विदेश नपठाई सम्पर्कविहीन भएपछि पीडितले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए। सोही जाहेरीका आधारमा काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई मिति २०८१/०९/२८ गते काठमाण्डौ महानगरपालिका वडा नं. ६ बाट पक्राउ गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖