• Wednesday 7th of October 2026

सुरू मै रास्वपाले प्रदेश सभापतिले टिकट पाउने प्राबधान छ भनेर सुचना निकालेको भए म लगाएत अन्य ३ जनाले किन आबेदन दिन्थेउ होला र ? :पत्रकार भोजराज थापा


  • धनकुटा खबर
  • .

मैले सुनाउन खोज्ने आवाज र देखाउन खोज्ने समस्याहरू सरकारले कहिल्यै सुनेन र देखेन। सधै अरूको लागि सोच्ने ‘म’ राजनीतिलाई आधार बनाएर मैले भुईमान्छेका आवाज र समस्यालाई सदन सम्म पुर्याउन चाहान्थेँ। धेरैले राजनिति नगर्नु तपाईलाई समाजिक कार्य गरेको सुहाउछ भन्दा भन्दैपनि मैले होईन, राजनितीबाट एउटा होईन हजारौँ हजारलाई सेवा दिन सकिन्छ, एउटा मान्छेले चाहे कति धेरै समस्या समाधान गर्न सक्छ भने सरकारले चाहेँ के गर्न सक्दैन ? भन्ने लाग्थ्यो र भुईमान्छेका लागि जनाताको लागि भएपनि चुनावमा होमिन्छु भन्ने निर्णय गरेको थिए र यो निर्णयलाई रवि दाई स्वयमले पनि साथ दिनुभएको थियो।

रास्वपामा उमेद्वार छनोटको आफ्नै बिधि,बिधान छ भन्ने कुराले झनै उमेद्वार प्रकृयामा सहभागि हुन म ईच्छुक भएको थिए मैले आफुले सानै देखि चिनेको जानेको अनि खेलेको भुगोल बुझेको क्षेत्र दाङ १ रोजे तर त्यो मैले पाईन, जहाँ पहिले पनि उमेद्वार भएर पराजित हुनुभएका प्रदेश सभापति देबराज जी पनि आंकान्क्षी हुनुभयो। सुरू मै रास्वपाले प्रदेश सभापतिले टिकेट पाउने प्राबधान छ भनेर सुचना निकालेको भए म लगाएत अन्य ३ जनाले किन आबेदन दिन्थेउ होला र ? प्राईमेरी हुन्छ भन्ने लागेपछि मैले आबेदन दिए तर अहिलेको परिस्थितीले ति कुनै प्राईमेरी इलेक्सन नभई सिधै उमेद्वार छनोट भयो।

उमेद्वार छनोटमा मेरो कुनै चित्त दुखाई छैन तर सुरूमै प्रदेश सभापतिले जसरी पनि टिकेट पाउने नियम छ सम्म भनेको भए हुन्थ्यो जस्तो लाग्छ।
खैर अब यि कुराहरू गरेर कुनै अर्थ छैन।

अब गर्नुपर्ने कुराहरू…
मैले दाङ १ का जनतामा धेरै आसा जगाएको थिए। धेरै समस्या थिए जुन काम गर्ने अठोट मनभरि थियो। एउटा ब्यक्तिकोरूपमा हिजो पनि म तपाईहरू सँगै थिए आजपनि छु र भोली पनि रहनेछु। रोगले होस् या भोकले होस्। पिडाले छट्पटाई रहेका हरेक जनताको साहरा हुनेछ भोजराज थापा।

मैले भुईमान्छेका र आम जनताका लागि केहि नीति अबलम्बन होस् भन्ने चाहन्थेँ।

1. कृषि आधुनिकीकरण, खाद्य सुरक्षा र किसान संरक्षण नीति,
2. गुणस्तरीय शिक्षा, सर्वसुलभ स्वास्थ्य र मानव विकास नीति,
3. रोजगारी सिर्जना, उद्यमशीलता र निजी क्षेत्र सहकार्य नीति,
4. सुशासन, कानुनी शासन र भ्रष्टाचार नियन्त्रण नीति,
5. पर्यटन विकास, सांस्कृतिक संरक्षण र स्थानीय अर्थतन्त्र प्रवर्द्धन नीति,
6. दिगो पूर्वाधार, वातावरण संरक्षण र विपद् व्यवस्थापन नीति,
7. युवा, महिला तथा सीमान्तकृत समुदाय सशक्तिकरण नीति,
यि कुराहरू प्रति उमेद्वारहरूले बिषेश ध्यान पुर्याओस् भन्ने चाहन्छु। यि अलवा दाङ निर्वाचन क्षेत्र नं. १ लुम्बिनी प्रदेशअन्तर्गत पर्ने भौगोलिक रूपमा विविधतायुक्त क्षेत्र हो। यस क्षेत्रमा पहाडी र तराई भूभागको संयोजन पाइन्छ। साँस्कृत, धार्मिक तथा प्राचिनरुपमा महत्व बोकेको क्षेत्रका रुपमा पनि यो क्षेत्रलाई चिनिन्छ। देउखुरी उपत्यका यस क्षेत्रको प्रमुख पहिचान हो, जहाँ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी (भालुवाङ क्षेत्र) अवस्थित छ। प्रदेश राजधानी रहेकाले यस क्षेत्रको राजनीतिक, प्रशासनिक र आर्थिक महत्व अझ बढेको छ।

यहाँको जनसंख्या जातीय, भाषिक र सांस्कृतिक रूपमा विविध छ। विशेषगरी थारु समुदायको समृद्ध संस्कृति, परम्परा र जीवनशैली यस क्षेत्रको विशिष्ट सामाजिक पहिचान हो। विभिन्न जातजाति र समुदायहरूबीच आपसी सद्भाव कायम छ। यहाँका प्रमुख जीविकोपार्जनका आधार कृषि, पशुपालन, साना व्यवसाय तथा वैदेशिक रोजगारी हुन्। यस क्षेत्रमा पर्यटन विकासको ठूलो सम्भावना रहेको छ। देउखुरी उपत्यकाको प्राकृतिक सौन्दर्य, वनजंगल, नदी, चुरे क्षेत्र, धार्मिक तथा सांस्कृतिक स्थलहरू, थारु संस्कृति र ग्रामीण जीवनशैली पर्यटनका प्रमुख आकर्षण बन्न सक्छन्। साथै प्रदेश राजधानी भएकाले सम्मेलन, बैठक, प्रशासनिक भ्रमण तथा व्यवसायिक गतिविधिसँग जोडिएको शहरी तथा संस्थागत पर्यटनको सम्भावना पनि उल्लेखनीय छ। कृषि पर्यटन, होमस्टे र इको–टुरिजम प्रवर्द्धन गर्न सकिने पर्याप्त अवसरहरू छन्।

सामाजिक–आर्थिक रूपमा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा अझै चुनौतीहरू रहेका भए तापनि, प्रदेश राजधानीको अवस्थिति, कृषि र पर्यटनको सम्भावनासहित दाङ निर्वाचन क्षेत्र नं. १ दिगो विकास र समृद्धिको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुन सक्ने क्षमता बोकेको क्षेत्र हो। तसर्थ तपाई जनप्रतिनिधिले यसकुरामा बिषेश ध्यान दिनु है।

म एउटा ब्यक्ति सांसद हुनुले ठुलो अर्थ राख्दैन म भन्दा राम्रा भुईमान्छे जनताका आवाज बोल्ने ब्यक्ति सांसद बनोस् 🙏
सबैको राम्रो होस् 🙏 सबैको जय होस् 🙏 मेरो लाईन किलियर छ समाजसेवा 🥰

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖