नेकपा एमाले झापाले रास्वपाका कार्यकर्ताले आफ्ना दुई जना कार्यकर्ताको सुनको सिक्री लुटेको आरोप लगाएको छ।
हिजो भएको घटनामा रास्वपाका कार्यकर्ताले एमालेका दुई जना ‘कमरेड’ माथि अभद्र व्यवहार गर्दै सुनको सिक्री लुटेको दाबी गरेको हो।
घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै एमाले झापाले दोषीलाई तत्काल पहिचान गरी कानुनी कारबाही गर्न माग गरेको छ।
