जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ले ठुलो परिमाणमा अवै#ध ला#गु औ#षध ओसारपसारमा संलग्न रहेको आरोपमा एक महिला र दुई पुरुषलाई प#क्रा#उ गरेको छ। माघ २ गते राति करिब ११:०० बजेको समयमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
बर्दघाट नगरपालिका वडा नं. ४ स्थित त्रिवेणी चोकमा GAA 0188 नम्बरको बसबाट ओर्लिएका तीन जना व्यक्तिहरूलाई शंका लागि खानतलासी गर्दा उनीहरूको साथबाट झोलामा लुकाइराखेको अवस्थामा ला#गु औ#षध बरामद गरिएको थियो।
प#क्राउ पर्ने व्यक्तिहरू
१. सृजना बल: मकवानपुर हेटौडा घर भई हाल पोखरा-२ बस्ने वर्ष २४ की महिला। २. रितिक परियार: सोही स्थानमा बस्ने अन्दाजी वर्ष २५ का पुरुष।
३. रोहित घर्ती: म्याग्दी धवलागिरी घर भई हाल पोखरा-१६ बस्ने वर्ष २१ का पुरुष।
