• Wednesday 7th of October 2026

प्रेम विवाहमा खटपट भएपछि पुनमायाँको हत्या


  • धनकुटा खबर
  • .

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–७,सिवाङ झिनडाँडाकी पुनमायाँ विकको प्रेममा खटपट र अविश्वासका कारण ह त्या भएको खुलेको छ ।

३ बर्ष अगाडी प्रेम विवाह गरेकी विक र श्रीमान रमेश कामीको सम्बन्धका कारण माघ ३ गते राती ११ बजे घ टना घटेको अनुसन्धानबाट खुलेको छ । दुबै बिच केही बिषयमा बिवाद बढे पछि पुनमायाँले बेवास्ता गरी माइतीमा बसेकी थिइन् ।

पुनमायाँलाई ह त्याको योजना बनाएर घरसम्म पुगेका रमेशले हत्या गरी राती नै पोखरा भागेको सूचना अधिकारी सागर तिमिल्सिनाले बताए।

घरमाथि बसेर पुनमायाँको हत्याको योजना बनाएको र घरबाहिर शौचालय गएको मौका छोपी ह त्या गरी भागेका रमेशलाई माघ ४ गते राती ९ बजे पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताए ।

‘घटनाको क्रममा लगाएको लुगासहित फेला पारेका छौ, अभियुक्तले घटनामा संलग्न रहेको स्वीकार गरेका छन्’ प्रनाउ थापाले भने । हत्यामा संलग्न अभियुक्तलाई जिल्ला अदालत म्याग्दीबाट ५ दिनको म्याद थप गरी कर्तब्य ज्यान मुद्धामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖