• Wednesday 7th of October 2026

एक युवती र जुम्ल्याहा दाजुभाइको अनौठो प्रेम कहानी


  • धनकुटा खबर
  • .

बैंकक । थाइल्याण्डको नाखोन फनोम जिल्लाकी २४ वर्षीया नोङ फाह यतिबेला आफ्नो निकै भिन्न र रोचक प्रेम सम्बन्धका कारण सामाजिक सञ्जालमा भाइरल बनेकी छन्। फाहले आफू दुई जुम्ल्याहा दाजुभाइसँग प्रेम सम्बन्धमा रहेको र उनीहरू सबैजना मिलेर एउटै घरमा बसिरहेको खुलासा गरेपछि यो विषयले चर्चा पाएको हो।

फाहको यो अनौठो प्रेमकथा गत वर्षदेखि सुरु भएको हो। विश्वविद्यालयको पढाइ खर्च जुटाउन एउटा रेस्टुरेन्टमा वेट्रेसको रूपमा काम गर्ने क्रममा उनको भेट जुम्ल्याहा दाजुभाइ सिंह र सुएसँग भएको थियो।

एक महिनापछि उनीहरूबिच कुराकानी सुरु भयो र फाहले दुवै दाजुभाइलाई मन पराउन थालिन्। अचम्मको कुरा त के छ भने, ती जुम्ल्याहा दाजुभाइले पनि फाहलाई माया गर्थे र उनीहरूबिच एकअर्काप्रति कुनै ईर्ष्या वा झगडा भएन।

सुरुमा उनीहरू छुट्टाछुट्टै बस्ने गरे पनि बिस्तारै दुवै दाजुभाइ फाहको कोठामा आउने र समय बिताउने क्रम बढ्दै गयो। अहिले उनीहरू तीनैजना एउटै घरमा खुसीसाथ बसिरहेका छन्।

‘दुवै दाजुभाइले मलाई माया गर्छन् र म पनि उनीहरू दुवैलाई माया गर्छु। उनीहरू कहिल्यै रिस गर्दैनन्,’ फाहले भनिन्। जुम्ल्याहा दाजुभाइमध्ये सिंह ट्र्याक्टर चलाउँछन् भने सुए धान काट्ने मेसिन चलाउँछन्। फाहले उनीहरूको आर्थिक व्यवस्थापनमा पनि सहयोग गर्दै आएकी छन्।

विगत ६ महिनादेखि सँगै बसिरहेका उनीहरूको यो सम्बन्धलाई सुरुमा परिवारले स्वीकार गर्न मानेका थिएनन्। तर, उनीहरूको आपसी समझदारी र खुसी देखेर अन्ततः परिवारले पनि सहमति दिएको छ।

टिकटकमा उनीहरूको भिडियो भाइरल भएपछि मानिसहरूले विभिन्न किसिमका प्रतिक्रिया दिएका छन्। कसैले यसलाई साहसको रूपमा प्रशंसा गरेका छन् भने कसैले आलोचना पनि गरेका छन्। फाहले भने नकारात्मक टिप्पणीहरूलाई बेवास्ता गर्दै यो आफ्नो निजी छनोट भएको बताएकी छन्।

यस अनौठो त्रिकोणात्मक प्रेम सम्बन्धको चर्चा चुलिएपछि विभिन्न कम्पनीहरूले उनीहरूलाई विज्ञापनका लागि अफरहरू गरिरहेका छन्। यद्यपि, अहिले उनीहरू आफ्नो काम र आपसी सम्बन्धलाई नै प्राथमिकता दिइरहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖