• Wednesday 7th of October 2026

बिरयानी खुवाएर पतिको हत्या : शव छेउमा राखेर ‘अश्लील’ भिडियो हेर्दै प्रेमीसँगै रात बिताइन् !


  • धनकुटा खबर
  • .

एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको अनौठो तरिकाले हत्या गरेकी छिन्। ती महिलाले आफ्नो पतिलाई पहिला बिरयानी खुवाइन्।

बिरयानीमा निद्रा लगाउने चक्कीको धुलो थियो। श्रीमान निदाउन थालेपछि उनले प्रेमीलाई घरमा बोलाइन्। त्यसपछि दुवैले सुतेका पुरुषको घाँटी थिचेर हत्या गरे।

एनडिटिभीका अनुसार यो घटना भारत, आन्ध्र प्रदेशको हो। प्रहरीले सुरुमा प्राकृतिक मृत्यु भनिएको यो घटनामा संदिग्ध दुवै जनालाई पक्राउ गरेर अनुसन्धान थालेको छ। फरेन्सिक जाँचपछि मृत्यु निसास्सिएर भएको पुष्टि भएको थियो।

प्रहरी अनुसन्धानअनुसार मृतक लोकम शिवनगराजुलाई श्रीमती लक्ष्मी माधुरी र उनका प्रेमी गोपीले हत्या गरेका थिए। माधुरी गोपीसँग लामो समयदेखि अवैध सम्बन्धमा थिइन्।

प्रहरीका अनुसार घटनाको रात उनले निद्राको चक्की मिसाएर बिरयानी बनाएर पतिलाई खुवाइन्। शिवनगराजु गहिरो निद्रामा गएपछि गोपीलाई बोलाइन्। दुवैले मुखमा सिरानी राखेर हत्या गरेका थिए।

हत्या लुकाउन माधुरीले गाउँलेलाई हृदयघातबाट मृत्यु भएको भनेकी थिइन्। बिहान घर घरमा पुगेर उनले छिमेकीलाई घटनाबारे जानकारी दिएकी थिइन्।

तर शिवनगराजुका बुबा र साथीहरूले शरीरमा रगतका दाग र चोट देखेपछि शंका गरेका थिए। त्यसपछि उनीहरूको उजुरी पर्‍यो अनि प्रहरी अनुसन्धान सुरु भयो। पोस्टमार्टमबाट मृत्यु निसास्सिएर भएको देखियो। रिर्पोटमा छातीमा चोट पनि पुष्टि भयो।

माधुरी र गोपीलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ। मोबाइल फोनको फरेन्सिक जाँचबाट माधुरीले रातभरि पतिको मृत शरीर छेउमा राखेर प्रेमीसँगै अश्लील भिडियो हेरेको खुलेको छ। सोधपुछमा उनले गोपीसँग मिलेर हत्या गरेको स्वीकार गरेकी हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖