• Wednesday 7th of October 2026

महिला मृत भेटिएको घटनामा प्रहरीका ड्राइभर समातिए, प्रेम सम्बन्धको आशङ्का


  • धनकुटा खबर
  • .

धनगढी । डडेलधुराको अमरगढी नगरपालिका–४ मा सरिता गिरी मृत फेला परेको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालय डडेलधुराका सवारी चालक यज्ञ साउद रहेका छन्।

मृतक गिरीले मृत्युवरण गर्नुअघि सामाजिक सञ्जालमा साउदसँगको सम्बन्ध झल्कने सामग्री राखेको र सोही आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

मृतकका श्रीमान् वैदेशिक रोजगारीमा छन्। घटनाबारे थप अनुसन्धान जारी छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖