• Wednesday 7th of October 2026

श्रीमान् बिदेशमा यता श्रीमतीको प्रहरीसग अनैतिक सम्बन्ध


  • धनकुटा खबर
  • .

डडेल्धुरा बजारमा महिला मृ त भेटिएको घटनामा एक जना प्रहरी प क्राउ परेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने भागेश्वर गाउँपालिकाकी सरिता गिरी मृत भेटिएको घटनामा प्रहरी चालक यज्ञ साउदलाई पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । मृत्युअघि गिरीले सामाजिक सञ्जालमा ती प्रहरीसँगकाे सम्बन्ध खुल्नेगरि कुराहरू उल्लेख गरेकी छन्।

मृतकका श्रीमान् भने ९ बर्षदेखि वैदेशिक रोजगारीमा रहेको खुलेकाे छ । मृतक महिला र पक्राउ परेका साउदबीच अनै तिक स म्बन्ध रहेकाे प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीकाे भनाइ छ ।

मृतक गिरीले सु साइड नो टमा पी डादायी शब्दमा लेखेकी छन्, ‘मलाई मर्न बा ध्य बनाइस, मरेर के गर्छस् गर भनिस…’ उनले आफूसँग भएको पैसा र सुनसमेत उक्त प्रहरीले लगेको दाबी गर्दै छोराको भविष्यप्रति चिन्ता व्यक्त गरेकी छन्।

नोटमा लेखिएको छ, ‘मसँग भएको पैसा सबै लगिस, आफ्नो घर बनाइस। मैले दिएको त्यहीँ पन्ध्र लाख रुपैयाँ मेरो छोरालाई दिनु। कसैले पढाइ देलान्। आमा भएर जन्म दिएँ तर तिमीलाई हुर्काउन सकेन, छोरा माफ गरिदिनु। तिमीले लगेको सुन पनि मेरो छोरालाई दिनु ’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖