काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्य आइतबार पुनः नयाँ ऐतिहासिक उचाइमा पुगेको छ।
गत शुक्रबार प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एकैदिन तोलामा २ हजार ४ सय रुपैयाँले बढेको हो। यो वृद्धिसँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ कायम भएको छ। नेपाली बजारको इतिहासमा सुनको मूल्य ३ लाख रुपैयाँ नाघेको यो पहिलोपटक हो।
त्यसैगरी, प्रति १० ग्राम छापावाल सुनको मूल्य २ लाख ६० हजार ४ सय ६० रुपैयाँ तोकिएको छ। सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ।
चाँदी तोलामा २९० रुपैयाँले बढेर प्रतितोला ६ हजार ४ सय ९० रुपैयाँ पुगेको छ। यो मूल्य पनि चाँदीको हालसम्मकै उच्च बिन्दु हो।
