जिल्ला प्रहरी कार्यालय दाङमा सवारी चालकका रुपमा कार्यरत प्रहरी जवान हरि गिरी मृ*त भेटिएका छन् ।
बिहीबार ड्युटीसकिएपछि स्कुटर लिएर हिँडेका जिसी घोराहीको घरडौरास्थित जंगलमा मृ*त अवस्थामा फेला परेको जनाइएको छ ।
जन्म दिने बुवा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसियूमा गम्भीर अवस्थामा उपचाररत रहेकै अवस्थामा जिसीले आ*त्मह*त्या गरेको जनाइएको छ ।
उपचार भइरहँदा पनि बिदा नपाएपछि उनी तनावमा रहेको जनाइए पनि त्यसबारे थप जानकारी प्राप्त भइसकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
