• Wednesday 7th of October 2026

भोजपुरमा चुनावी कमाण्डर नै परस्त्रीसँगै समातिए !


  • धनकुटा खबर
  • .

भोजपुर । हर्क साम्पाङ नेतृत्वको श्रम सस्कृती पार्टीका भोजपुर उम्मेदवार ध्रुव राईका चुनावी कमाण्डर भीम साम्पाङ परस्त्रीसँगै फेला परेपछि इलाका प्रहरी कार्यालय दिङ्लाले नियन्त्रणमा लिएको छ ।

षडानन्द नगरपालिका–११, झ्याउ पोखरीस्थित होटलमा दुवै जना सँगै बसेको कुरा महिलाका परिवारलाई थाहा पाएपछि प्रहरीमा उजुरी परेको थियो ।

राईले चुनावी अभियानको क्रममा अर्काको श्रीमतीलाई भगाएको बताइएको छ । महिलाका श्रीमान हाल वैदेशिक रोजगारीमा छन् ।

साम्पाङको घरमा समेत श्रीमती र बच्चा रहेको खुलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖