कु”खुरा–बा”ख्रासँग भोट मागेको आरोपपछि आसिका तामाङ भन्नुहुन्छ:
“म धादिङको मलेखुमा जन्मिएकी किसानकी छोरी हुँ। मेरो बाल्यकाल गोठ, खोर र अर्काको बारीमै बित्यो।
हाम्रो घरको गर्जो यसैले टार्थे ती जना”वर होइनन्, किसानको जीवन हुन्।आज यही धरातललाई लिएर “कु”खुरा–बा”ख्रासँग भोट माग्यो” भनेर व्यङ्ग्य गरिँदैछ। हिलो र गोबरको मर्म नबुझेका लागि यो हाँसो हुन सक्छ, तर भुइँमान्छेका लागि यो जीवनको यथार्थ हो।
मेरो राजनीति तिनै किसानका लागि हो। गोठबाट सुरु भएको मेरो यात्रा जहाँ पुगे पनि मेरो साइनो सधैँ यही माटोसँग अटुट रहनेछ।
