• Thursday 26th of November 2026

सोनिया सहित यी ९ महिला इन्स्पेक्टर भए दीक्षित !


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) आधारभूत तालिम १—१८३औं समूहको दीक्षान्त समारोहमा पासआउट भएकी इन्स्पेक्टर सोनिया लिम्बु ।

सोमबार राजधानीमा सम्पन्न दीक्षान्त समारोहमा सोनियासहित ९२ जना इन्स्पेक्टरहरु पासआउट भएका छन् । यसपटकको समूहमा ८३ जना पुरुष र ९ जना महिला इन्स्पेक्टरहरु पासआउट भएका छन् ।

दीक्षित हुने महिलाहरुमा सोनिया, कल्पना घर्ती, अस्मिता गोदार, प्रमिला कार्की, सोनी न्हेम्हाफुकी, ज्ञानुमाया थनेत, जानुका श्रेष्ठ, मीना शाही र समीक्षा तामाङ पासआउट भएका हुन् ।

उनीहरुले २०८१ असार ९ गते प्रकाशित नतिजामा इन्स्पेक्टरमा नाम निकालेका थिए । त्यसपछि १८ महिनाको तालिमपछि सोमबारदेखि ड्युटीमा खटिने भएका हुन् । दीक्षित इन्स्पेक्टरहरुलाई आसन्न निर्वाचनमा खटाइने हेडक्वार्टरले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖