• Wednesday 7th of October 2026

काठमाडौँमा बसमा सवार यात्रुको पौने ३ लाख रुपैयाँ चोरेको आरोपमा चार जना पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौँमा बसमा सवार यात्रुको पौने ३ लाख रुपैयाँ चोरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार, बुधबार काठमाडौँको सिनामंगलबाट मित्रपार्कसम्म जाने क्रममा बागलुङको बागलुङ नगरपालिका-४ का दिपेन्द्र शर्माको झोलाबाट २ लाख ७५ हजार रुपैयाँ चोरी भएको थियो। मयुर यातायातको बसमा यात्रा गरिरहेका वेला पैसा चोरिएको भन्दै शर्माले प्रहरी वृत्त, गौशालामा उजुरी दिएका थिए।

पक्राउ पर्नेमा काठमाडौँको दक्षिणकाली नगरपालिका-२ का ३७ वर्षीय सरोज खड्का, काभ्रेको महाभारत गाउँपलिका-७ घर भई काठमाडौँको काडाघारीमा बस्दै आएका ४२ वर्षीय विकास लामा, तनहुँको म्याग्दी गाउँपालिका-५ घर भई हाल काठमाडौँको टोखामा बस्दै आएका ३३ वर्षीय राजु गुरुङ र ललितपुर महानगरपालिका-७ का ३३ वर्षीय सुवास मगर रहेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖