• Wednesday 7th of October 2026

जापानमा शंकास्पद अवस्थामा नेपाली महिला मृ,त फेला


  • धनकुटा खबर
  • .

काठमाडौ । जापानको चिवा प्रान्त अन्तर्गत नारिता क्षेत्रमा विगत ३ वर्षदेखि बस्दै आएकी एक नेपाली महिला शंकास्पद अवस्थामा मृत फेला परेकी छन्।

भक्तपुरको ठिमी घर भई काभ्रेपलाञ्चोकको पनौती माइती भएकी सरीता दाहाल लुगा सुकाउने बरन्डामा झु,न्डि,एको अवस्थामा मृ,त भेटिएको पुष्टि भएको छ।

प्राप्त जानकारी अनुसार उनी करिब १ वर्षदेखि आफ्नी जेठानीसँग तथा पछिल्लो ४ महिनादेखि आफ्ना श्रीमानसँगै बस्दै आएकी थिइन्। घटनाको प्रकृति शंकास्पद देखिएकाले स्थानीय प्रशासनद्वारा थप छानबिन सुरु गरिएको जनाइएको छ।

उक्त स्थानमा बसोबास गर्दै आएका नेपाली समुदायले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिनको माग गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖