भारत उत्तर प्रदेशको गोंडा जिल्लामा एक हृदयविदारक घटना सार्वजनिक भएको छ, जहाँ २१ वर्षीया रोशनी पाण्डेयको उनकै बुबा र दाजु-भाइले ज्यान लिएका छन्।
विगत ५ वर्षदेखि परमेश्वर पाठकसँग प्रेम सम्बन्धमा रहेकी रोशनीले परिवारको इच्छाविपरीत परमेश्वर सँगै विवाह गर्ने अडान लिएपछि घटनाको सुरुवात भएको थियो।
मृ#त्यु हुनुअघि रोशनीले प्रेमीलाई पठाएको चिठ्ठी र भ्वाइस नोटमा आफूलाई बुबा चन्द्रप्रकाश पाण्डेय र दाजु-भाइहरू राहुल पाण्डेय तथा शुभम (रोहित) पाण्डेयले करेन्ट लगाएर र सिरानीले मुख थुनेर ज्यान लिने प्रयास गरिरहेको भन्दै बचाउनका लागि हारगुहार गरेकी थिइन्।
प्रेमीले समयमै प्रहरीलाई जानकारी गराए पनि उचित सुरक्षा नपाउँदा उनको ज्यान गयो। हाल प्रहरीले रोशनीका बुबा र दाजु-भाइलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
