• Wednesday 7th of October 2026

जन्ती बोकेको बस दुर्घटना : ६ जनाको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका –७ बडगाउँको मोडमा बस दुर्घटनामा परेको हाे ।

दुर्घटनामा ६ जनाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।

४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए । उनका अनुसार मृतक सबै पुरुष छन् । मृतककाे पहिचान भने खुल्न बाँकी छ ।

बस सडकबाट करिब १५० मिटर तल खसेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖