• Wednesday 7th of October 2026

परपुरुषसँग नाचेको भन्दै कुटिएकी महिलालाई महोत्सव आयोजकले गर्यो सम्मान


  • धनकुटा खबर
  • .

स्याङ्जाको नवौँ वालिङ महोत्सव चलिरहेको समयमा एक महिलाले आफ्ना श्रीमान्लाई छोडेर अर्का पुरुषसँग अँगालो हाल्दै नाचेको दृश्य सार्वजनिक भएको थियो।

म’दिरा सेवनको अवस्थामा रहेकी ती महिलालाई महोत्सव स्थलमै उनका श्रीमान्ले हात’पात गरेका थिए। उक्त घट’नापछि सम्बन्धित भिडियो TikTok र Facebook लगायत सामाजिक सञ्जालमा छिट्टै भाइरल भयो, जसले व्यापक चर्चा पायो।

भिडियोमा श्रीमान्ले पर’पुरुषसँग नाचेको भेटेपछि महोत्सव स्थलमै कु’टपिट गरेको देखिन्छ। घ’टना भाइरल भएसँगै महोत्सवको चर्चा झन् बढेको भन्दै वालिङ महोत्सव आयोजक समितिले पी’डित महिलालाई सहयोग स्वरूप सम्मान गरेको जनाएको छ।

आयोजकका अनुसार सामाजिक सञ्जालमा फैलिएको उक्त घटनाले महोत्सवप्रति जनचासो बढाएकाले मानवीय पक्षलाई ध्यानमा राख्दै सम्मान गरिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖