• Wednesday 7th of October 2026

बस दुर्घटनामा १३ जनाको मृत्यु भएपछि आज शोक बिदा


  • धनकुटा खबर
  • .

बैतडी । बैतडीमा १३ जनाको ज्यान जाने गरी भएको दुर्घटनापछि शुक्रवार बैतडीको पुर्चौडी नगरपालिकाले शोक बिदा दिएको छ ।

बस दुर्घटनाबारे दुःख व्यक्त गर्दै नगरपालिकाले एक सूचना जारी गरेर शोक बिदा दिएको हो ।

जारी सूचनामा नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बन्द गर्ने उल्लेख छ ।

बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पवनदूत यातायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा ठुलो क्षति भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖