काठमाडौँ । काठमाडौँबाट बुटवल र दाङका लागि छुटेका दुई वटा बस एकापसमा ठोक्किएका छन् ।
शुक्रबार नागढुंगा नजिक बुटवल जान लागेको लु प ०१–००१ ख ०३२ नम्बरको बस र दाङ जान लागेको लु २ ख ६४६१ नम्बरको बस एकापसमा ठोक्किएका हुन् ।
नागढुंगाका प्रहरी निरीक्षक अजयजंग थापाले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार दाङ जाने बसको ब्रेक नलागेर अर्को बससँग ठोक्किन पुगेको हो ।
मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक थापाले बताए ।
