विराटनगर । सरुवा हुँदै मोरङका लागि अन्तिम दिनको ड्युटी गरिरहेका एसपी राजेश घिमिरेको शुक्रबारको ड्युटी जीवनकै अन्ति*म ड्युटी बन्यो ।
नम्बर ३ गढीमाईमा सरुवा भएर जाने तयारी गरिरहेका एसपी घिमिरे भारतीय सुरक्षा अधिकारीहरुसँगको बैठकमा सहभागी भइरहेका बेला शुक्रबार दिउँसो अचा*नक बे*होस् ढ*लेका थिए । त्यसपछि उपचारका लागि अस्पताल लगिए पनि उनलाई बचाउन भने सकिएन ।
सशस्त्रका अनुभवी र शालिन अधिकृत समेत मानिएका एसपी घिमिरे जिम्मेवारप्रति कर्तव्यनिष्ठ थिए, जसले संगठनका लागि ड्युटी गर्दागर्दै बर्दीमै ज्या*न गुमा*उन पुगे ।
