• Wednesday 7th of October 2026

थाक्रेमा दुई यात्रुवाहक बस ठोक्किए


  • धनकुटा खबर
  • .

काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका– ६ स्थित दशकिलामा दुई यात्रुवाहक बस ठोक्किएका छन् । आज बिहान भएको साे दुर्घटनामा ५ जना घाइते भएका छन् ।

दुई बस ठोक्किँदा सडक छेउमा रहेको चिया पसल र त्यहाँ रहेका मानिस समेत घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते ५ जनालाई उपचारको लागि काठमाडौँ पठाइएको छ ।

दाङबाट काठमाडौँ आउँदै गरेको रात्रीबसले र काठमाडौँबाट त्रिशूली जाँदै गरेको बस आपसमा ठोक्किएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖