• Wednesday 7th of October 2026

अष्ट्रेलियाको पर्थमा कार घरभित्र ठोक्किँदा नेपालबाट घुम्न आएकी विष्णु कुमारी गुरुङको निधन


  • धनकुटा खबर
  • .

नेपालबाट परिवार भेट्न अष्ट्रेलियाको पर्थ आएकी ५३ वर्षीया विष्णु कुमारी गुरुङको सुतिरहेको अवस्थामा कार घरभित्र पसेर ठोक्किँदा ज्यान गएको छ। घटना शुक्रबार राति रिभरभेल क्षेत्रमा भएको हो।

प्रहरीका अनुसार एक ३६ वर्षीय केउडेल निवासी चालकले चलाएको कार अचानक नियन्त्रण गुमाएर घरभित्र पसेको थियो। दुर्घटनापछि उनलाई पक्राउ गरी मानव वध (manslaughter) को आरोप लगाइएको छ र अदालतले जमानत अस्वीकार गरेको छ।

घटनापछि गुरुङ परिवार शोकमा डुबेको छ। परिवारलाई आर्थिक सहयोग गर्न सहयोग संकलन अभियान (fundraiser) पनि सुरु गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖