• Wednesday 7th of October 2026

दुई वटा बस ठोकिँदा ट्रिपर चालकको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङ, थाक्रे–६, दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दाङबाट काठमाडौ आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवागढी गइरहेको बागमती प्रदेश ०१–००६–ख ५२०८ नम्बरको डिलक्स बस एकआपसमा ठोकिँदा नजिकै चियापसलमा चिया पिइरहेका ट्रिपर चालकको घटनास्थलमै मृत्यु भएको हो । उनको परिचय खुल्न बाँकी छ ।

घटनामा ५१ वर्षीय राजु थापा गम्भीर घाइते छन् । उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रहरी चौकी महादेव बेशी र इप्रका खानीखोलाको प्रहरी टोलीले बिहान ८ बजेबाट एकतर्फीरुपमा राजमार्गमा यातायात सञ्चालनमा ल्याएको छ । दुवै बसका चालक प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖