• Wednesday 7th of October 2026

पशुपतिको लोकसेवामा नाम निस्कियो, तर नतिजा हेरेर खुसी मनाउन उनी अहिले संसारमै छैनन


  • धनकुटा खबर
  • .

लोकसेवा आयोगको नतिजामा पशुपति घर्तिको आज नाम आयो। गण्डकी प्रदेश कृषि पाँचौँ तहमा उनको नाम चम्किएको छ। तर त्यो नतिजा हेरेर खुसी मनाउने पशुपति आज यो संसारमा छैनन्।

जाजरकोट निवासी २२ वर्षीया पशुपति घर्ति लोकसेवाको तयारीमा जुटेकी एक होनहार सपना बोकेकी युवती थिइन्।

केही दिनअघि उनको दाङमा कपडा सुकाउने क्रममा घरको छतबाट लडेर उनको दुःखद निधन भयो। आज नतिजा आयो, परिवारका आँखामा आँसु मात्र छन्।

जसको संघर्षले सफलता छोयो,त्यही सफलता महसुस गर्ने क्षण उनलाई मिलेन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖