• Wednesday 7th of October 2026

प्रेम प्रस्ताव अस्वीकृत भएपछि सिरिन्ज प्रहार गरी हत्या


  • धनकुटा खबर
  • .

झापा । झापाको भद्रपुरमा एक अवकाशप्राप्त शिक्षकको एनेस्थेसियामा प्रयोग हुने घातक औषधि भरिएको सिरिन्ज (सुई) प्रहार गरी हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ।

बिहीबार साँझ भद्रपुर नगरपालिका–१०, त्रिवेणी टोलका ६६ वर्षीय खेमराज ढकालको घाँटीमा ‘प्रोपोफोल’ नामक औषधि सुईमार्फत शरीरमा पठाएर हत्या गरिएको प्रहरीले जनाएको छ। शल्यक्रिया गर्नुअघि बिरामीलाई बेहोस बनाउन प्रयोग गरिने यो औषधिको उच्च मात्राका कारण ढकालको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहाका २६ वर्षीय दिपेशकुमार सिंहलाई पक्राउ गरेको छ। सिंह बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा), धरानमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन्। उनले आफ्नै कलेजमा पढ्ने एक कनिष्ठ (जुनियर) छात्राका बुबा ढकाललाई निसाना बनाएका थिए।

साँझ ६:२० बजेतिर घरमै बसिरहेका ढकालको घाँटीमा सिंहले आफूले ल्याएको केमिकलसहितको सिरिन्जले एक्कासी प्रहार गरेका थिए। गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएका ढकाललाई चिकित्सकले तत्कालै मृत घोषणा गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖