काठमाडौ । गत माघ १८ गते टोखा–३ मा आदिवासी समुदायले परम्परागत रूपमा उत्पादन गर्दै आएको पेय पदार्थमा प्रहरीले छापा मा#री सामग्रीहरू बरामद गरेपछि मर्कामा परेका पीडितहरूलाई नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) ले आर्थिक सहयोग प्रदान गरेको छ।
प्रहरीको का#रबाहीका कारण बि#चल्लीमा परेका परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले विभिन्न आदिवासी संघ-संस्थाको समन्वयमा संकलित रु ५०,०००/- (अक्षरेपी पचास हजार रुपैयाँ) सहयोग हस्तान्तरण गरिएको हो।
उक्त रकम नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको हातबाट पीडितहरूलाई प्रदान गरियो।
