• Wednesday 7th of October 2026

अण्डाको मूल्यमा भारी गिरावट


  • धनकुटा खबर
  • .

चितवन। अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ मूल्य घटाइएको जनाएको छ।

नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्यमा गिरावट आएको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए।

अब समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ३७५ र मिडियम ३३५ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४३५ र मिडियम ४०५ रहेको थियो।

माघ ११ गते ठूलो अण्डा ४९५ र मिडियम रु ४७५ पुगेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖