नुवाकोट । नुवाकोटमा ल्होछार मनाउन आफन्तकोमा आएकी एक महिलाको घाँटीमा मासुको हड्डि अड्किएर मृत्यु भएको छ ।
नुवाकोटको तार्केश्वर गाउँपालिका–५ घर भई काठमाडौंको स्वयम्भु बस्दै आएकी ४१ वर्षीया गंगामाया तामाङको गय राती घाँटीमा मासुको हड्डि अड्किएर मृत्यु भएको हो ।
ल्होछार पर्व मनाउन नुवाकोटस्थित दिदीको घरमा गएकी गंगामायाको गय राति खाना खाने क्रममा घाँटीमा मासुको हड्डि अड्किएको थियो ।
उनलाई उपचारकालागि नुवाकोटकै त्रिशुली अस्पतालमा लगएिकोमा चिकित्सकले मृत घोषणा गरेको नुवाकोट प्रहरीले जनाएको छ ।
