• Wednesday 7th of October 2026

मेयर यादवको निधन


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाका मेयर प्रदीपकुमार यादवको उपचारका क्रममा निधन भएको छ । मस्तिष्कघात भएपछि उपचाररत यादवको काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा सोमबार निधन भएको हो ।

मेयर यादवलाई गत बिहीबार राति अचानक मस्तिष्कघात भएको थियो । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई तत्काल जनकपुरधामको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । प्रारम्भिक उपचारपछि अवस्था सुधार नआएपछि शुक्रबार हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको थियो ।

काठमाडौं पुर्‍याएपछि नर्भिक अस्पतालमा सघन उपचार भइरहेको थियो । चिकित्सकको प्रयासका बाबजुद उपचारकै क्रममा उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।स्वर्गीय यादव नेपाली कांग्रेसबाट हंसपुर नगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖