काठमाडौ । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकली जाँदै गरेको बस तामाकोशी नदीमा खसेको छ।दु’र्घ’टना रामेछापको मचानेटार क्षेत्रमा भएको हो।
प्रदेश ३ नम्बर ०१-००५ख९९७५ को बस दु’र्घ’टनामा परेको पुष्टि भएको छ।
बसमा सवार ६ यात्रु घा’इ’ते भएका छन्।उद्धार गरिएका घा’इ’तेलाई उपचारका लागि अस्पताल पठाइएको छ।
दु’र्घ’टनाका थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
