• Wednesday 7th of October 2026

बस दुर्घटना अपडेट:मृतकको संख्या १२ पुग्यो


  • धनकुटा खबर
  • .

रामेछापको तामाकोशी नदीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ।

प्रहरीका अनुसार ६ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने ६ वटा शव घटनास्थलमै फेला परेका छन्। काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा. प्र. ०१००६ ख ९९७५ नम्बरको बस अचानक तामाकोशी नदीमा खसेको थियो।

दुर्घटनापछि चालकलाई प्रहरीले पक्राउ गरेको छ भने मृतकहरूको सनाखत हुन अझै बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖