• Wednesday 7th of October 2026

क्यान्सरको उपचार गर्न काठमाडौं आएका बिरामी नै बेपत्ता भएपछि


  • धनकुटा खबर
  • .

काठमाडौ । उपचारका निम्ति काठमाडौं आएका एक पुरुष बेपत्ता भएका छन् । क्यान्सर पीडित गोरखाका ४५ वर्षीय तेजबहादुर दुवाडी एकाएक हराएका हुन् ।

केही दिनअघि काठमाडौं आएका उनको भक्तपुरको दुधपाटीस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो । छोरा पुजनसँगै कोटेश्वर तीनकुनेस्थित डेरामा बस्ने गरेका तेजबहादुर हिजोदेखि बेपत्ता भएको बताइन्छ ।

छोरा पुजनका अनुसार उनी हिजो बिहान अरुलाई जानकारी नगराई घरबाट निस्किएका पितालाई दिनभर खोजी गर्दा पनि भेट्न नसकिएको हो । राति तीनकुनेस्थित प्रहरी चौकीमा निवेदन दर्ता गराइएको उनले भने ।

तर, अहिलेसम्म केही पत्ता नलागेकाले पुजनले आफ्नो बुबालाई देखेमा नजिकैको प्रहरी चौकी वा ९८२४१९१०११ मा सम्पर्कका लागि अनुरोध गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖