• Wednesday 7th of October 2026

आफ्नै बसमा अस्ताए दीपेश : कतारबाट फर्केर ६ महिनाअघि मात्रै किनेको थिए बस, टुहुरा भए दुई बालबच्चा


  • धनकुटा खबर
  • .

रामेछापको मन्थली नगरपालिका–६ स्थित बेनीघाटमा आज बिहान बा प्र ००१-०५ ख ९९७५ नम्बरको पूर्व अरनिको यातायातको बस दु’र्घ;ट_ना हुँदा ज्या*_न गुमाउने १२ जनामध्ये दीपेश बस्नेत पनि एक हुन्।

काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको उक्त बस तामाकोसी नदीमा खसेको थियो। दीपेश राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रामेछाप, लिखु तामाकोसी गाउँपालिकाका संगठन विभाग प्रमुख समेत थिए।

करिब एक वर्षअघि कतारको वैदेशिक रोजगारीबाट फर्किएका दीपेशले ६ महिनाअघि मात्रै सोही दु’*र्घ;ट_नाग्रस्त बस किनेका थिए। बसका धनी समेत रहेका उनी आज सोही बसमा सवार भई काठमाडौँबाट ओखलढुंगा जाँदै गर्दा दु’र्घ;ट_नामा परेका हुन्।

काठमाडौँमा बसोबास गर्दै आएका ३४ वर्षीय दीपेशका बुवा, आमा, श्रीमती, १३ वर्षीय एक छोरी र १० वर्षीय एक छोरा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖