५ वर्षदेखि पक्षघातका कारण थला परेका श्रीमानको उपचार गर्दागर्दै शारदा नगरपालिका, सल्यानकी सम्झना रोका बुढाथोकीले एक वर्षअघि आफ्ना जीवनसाथी गुमाईन।
उपचारकै क्रममा लागेको ऋणको बोझ अझै टाउकोमा छ। चार साना छोराछोरीको भविष्यका लागि उहाँ अहिले अर्काको घरमा मजदुरी गर्दै आएकी छिन ।
केही समयअघि निर्वाचन प्रहरीमा भर्ना खुलेको थाहा पाएपछि उनले पनि साहस जुटाएर आवेदन दिईन। अहिले सल्यानमै निर्वाचन प्रहरीको तालिममा छिन।
“यसबाट आएको पैसाले ऋण तिर्नेछु, बच्चाहरूलाई पढाउनेछु,” भन्ने उनको अठोटले संघर्षमाथि आशाको उज्यालो देखाएको छ।
