• Wednesday 7th of October 2026

महिलालाई बलात्कार गरेको आरोपमा खैरहनीका इन्स्पेक्टर पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । महिलालाई बलात्कार गरेको आरोपमा चितवन स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महतलाई प्रहरीले पक्राउ गरेको छ ।

अहिले उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ ।

२०८२ भदौमा मतहले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै एकजना महिलाले प्रहरीमा जाहेरी दिएकी छिन् । जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको बागमती प्रदेशका डीआईजी दीपक रेग्मीले रातोपाटीलाई बताए ।

खैरहनी क्षेत्रको होटलमा बोलाएर इन्स्पेक्टरले आफूलाई बलात्कार गरेको पीडित महिलाले दाबी गरेकी छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖