• Wednesday 7th of October 2026

कांग्रेस नेता देउवा एमालेमा प्रवेश


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसका नेता देउवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले डडेल्धुराले आयोजना गरेको गन्यापधुरा गाउँपालिका स्तरिय कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस तत्कालीन मष्टामाण्डौ गाउकमिटी उप सभापति शेर बहादुर देउवाले कांग्रेस परित्याग गर्दै एमाले प्रबेश गरेको नेकपा एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख सुन्दर जैरुले बताएका छन् ।

नेकपा एमाले नै राष्ट्र निर्माणको शक्ति भएको र प्रतिनिधि सभाका उम्मेदवार चक्र प्रसाद स्नेहीलाई विजयी गराउनका लागि एमाले प्रवेस गरेको शेर बहाुदर देउवाले बताएका छन् ।

गन्यापधुरा गाउँपालिका वडा नं.३ मा शेरबहादुर देउवाको राम्रो प्रभाव रहेको छ ।उनलाई नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष गजेन्द्र शाही प्रतिनिधि सभाका उम्मेदवार चक्र प्रसाद स्नेही लगायतका नेताहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖