रास्वपाका कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन्।
फेसबुकमा घृणा फैलाउने सामग्री पोस्ट गर्नुका साथै अनुसन्धानमा रहेका बैंक कारोबारका गोप्य कागजात सार्वजनिक गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ भने जिल्ला अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
