• Wednesday 7th of October 2026

दलित बस्तीबाट अन्तर्राष्ट्रिय फौजसम्म : बझाङका २० वर्षीय युवाको ऐतिहासिक उडान!


  • धनकुटा खबर
  • .

काठमाडौ । बझाङको तलकोट–१, सेरागाउँका २० वर्षीय शमशेर चदारा पहिलो प्रयासमै ब्रिटिस आर्मीमा छनोट हुँदै नयाँ इतिहास रचेका छन्।

दलित समुदायबाट जिल्लाकै पहिलो ब्रिटिस आर्मी बन्न सफल भएको दाबी गरिँदै आएको छ, जसले उनको उपलब्धिलाई अझ अर्थपूर्ण बनाएको छ।

बुवा जलाती चदारा र आमा बिमला चदाराका छोरा शमशेरले अभाव र संघर्षबीच निरन्तर मेहनत गर्दै आफ्नो लक्ष्य हासिल गरेका हुन्। उनका दाइ सन्तोष चदारा हाल दक्षिण कोरियामा रोजगारीमा छन्। भाइको सफलतापछि उनले परिवारको वर्षौँदेखिको सपना पूरा भएको बताएका छन्।

गरिबीलाई बाधा होइन, प्रेरणाको इन्धन बनाएर अघि बढेका शमशेरको यात्राले “ठूलो बन्न जन्म होइन, कर्म चाहिन्छ” भन्ने सन्देश दिएको छ। अहिले परिवार, आफन्त र गाउँलेहरू उनको सफलतामा गर्वले भरिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖