• Wednesday 7th of October 2026

४४ यात्रुसहित काठमाडौंबाट सुर्खेत गइरहेको बसमा गुडिरहेकै बेला आगो लागेपछि


  • धनकुटा खबर
  • .

काठमाडौं । कपिलवस्तुमा गुडिरहेको बसमा आगो लागेको छ ।

तौलिहवा–भैरहवा सडकस्थित शुद्धोदन गाउँपालिका–६ टिटिहिरियामा काठमाडौँबाट सुर्खेत जाँदै गरेको बसमा बिहीबार बिहान आगो लागेको हो । ना ७ ख ६०४८ नम्बरको बस जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यात्रुहरू भने सकुशल छन् ।

प्रहरीका अनुसार बसमा ४४ जना यात्रु थिए । बस गुडिरहेका बेला बायाँतर्फको पाङ्ग्रामा आयो लागेपछि बस रोकेर सबै यात्रुलाई ओरालिएको हो ।

प्रहरीका अनुसार बसमा लागेको आगो नियन्त्रणको प्रयास सफल हुन सकेन र बस आधा घण्टामा पूर्ण रूपमा जल्यो । आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖